नेपाली युवा मलेसियामा भिषा सक्किएर अलपत्र

जागृति खबर संवाददाता

काठमाडौँ ।

हालसम्म ७० हजार ११२ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ९२२ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।
कोरोना संक्रमणलाई थप फैलिन नदिन र संक्रमणलाई नियन्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा यहीँ महिना जुन १ तारिखदेखि २८ तारिखसम्मको लागि कडाइका साथ पुरै देशव्यापीनै एमसिओ ३.० (लकडाउन) जारी,लागू गरेको छ।

साथै कोरोना संक्रमितको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध, रोक लगाएको छ।

कार्यस्थलमा हुने श्रमिकको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले श्रमिकको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली श्रमिकका हकमा समेत लागू हुने दुई देशबीच भएको समझदारीमा समेटिएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकको अङ्गभङ«ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने तथा श्रमिकको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने समझदारीमा उल्लेख छ । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको केही समयपछि नै मलेसियाले विदेशी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो ।