कतार, मलेसिया र इस्तानबुलको उडान संचालन गर्ने मन्त्री परिषदको निर्णय

जागृति खबर संवाददाता

काठमाडौं ।

कतार, मलेसिया र इस्तानबुलको उडान संचालन गर्ने मन्त्री परिषदको निर्णय तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल,कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो। ती देशहरूमा लगातार उडान नगरी फरक फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले बताउनुभयो ।

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिलाको सुरक्षाका लागि टोल फ्री नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ। कुनै पनि महिलालाई कहीं कतै कसैले दुर्व्यवहार गरे ४ अंकको उक्त टोल फ्री नम्बरमा गुनासो गरे तत्काल उद्धार सहित दोषीलाई कारवाही गर्ने उक्त नम्बरलाई थप व्यवस्थित गर्न निर्णय गरिएको हो।

जुन २४ मा नेपाल-जापान उडान हुँदै, यस्ता भिसा भएकाले प्रबेश पाउने

नेपालबाट जापानको लागि यही जुन २४ तारिख नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले नेपाल जापान सिधा हवाई उडान स्थगित भएको करिब २ महिनापछि काठमाडौंदेखि नारिताको लागि उडान भर्न लागेको हो ।

उडान तालिका अनुसार काठमाडौंबाट नारीताको लागि जुन २४ तारिख शुक्रबार रात ११ बजे बिमान उड्ने छ । यसैगरी जापान नारिता बिमानस्थलबाट बिमानले जुन २५ तारिख बिहान ११ बजे नेपालको लागि यात्रा तय गर्नेछ ।

जसमा ‘एईजु’ बाहक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष, तिनका सन्तान (बालबालिका) र जापानी नागरिक रहेका छन । यसबाहेक मानबिय बिशेष अवस्थामा (जापानमा नै उपचार गर्दै आएका, मृत्‍युका कारण अन्तिम क्रियाकर्ममा आऊनै पर्ने) ब्यक्तिहरु रहेका छन । तर बिशेष अवस्थाको घटनामा जापानले चाहेमा मात्र वा दिनैपर्ने अवस्था देखेमा मात्र दिन सक्छ ।

सरकारले पीसीआर रिपोर्टको साथमा ‘वारकोड’ लगायत आवस्यक रहेको बताएपनि जापानमा क्लिनिक तथा अस्पतालहरुले पीसीआर रिपोर्टको साथमा ति कागजात उपलब्ध गराउने नगरेकाले तत्काल आवश्यक नरहनेगरी नेपाल सरकारलाई जानकारी गराइएको नेपाली राजदूतावासका द्वितिय सचिव प्रेम बरालले जानकारी दिनुभयो ।

नेपालबाट जापान आउने सबै यात्रुले जापान सरकारले तोकेको स्थानमा १० दिन र बाँकी ४ दिन आफ्नो बासस्थानमा ‘सेल्फ क्वारिन्टिन’ बस्नुपर्नेछ । जापान सरकारले तोकेको स्थानमा बस्दा लाग्ने खर्च ब्यक्ती आँफैले ब्यहोर्नुपर्नेछ । नेपालबाट आउँदा यसअघी जस्तै ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट कोभिड संक्रमण नभएको आवश्यक पर्नेछ ।