राजेन्द्र महतोलाई नागरिकता देखाउन ७ दिनको समय, नदेखाए उपप्रधानमन्त्री पदबाट हात धुनुपर्ने

जागृति खबर संवाददाता

काठमाडौं, १ असार ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता सार्वजनिक गर्न जोडदार माग उठेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेको हो ।

सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ ।

आइतबार सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नयाँ नेपाल पार्टीले नेपालको नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।‘खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको नागरिकताको सबालमा बर्षौदेखि प्रश्न उठी रहेको छ ।

तपाईलाई भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिएको आरोप लाग्दै आएकोले तपाईले नागरिकता झुटो विवरण पेश गरी लिएको दावी सहित नयाँ पार्टी,

नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमासमेत उजुरी दर्ता गरी आवश्यक कारबाही भई रहेको छ।