मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

जागृति खबर संवाददाता

काठमाडौ :

मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दु’र्घटनामा परेर ग’म्भीर घा’इते भएकी उनको अहिले ।

थापाथलीस्थित न’र्भिक अस्पतालमा उपचार भइरहेको छ।पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् ।

अस्पतालमा उप’चाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ।यस्तै मोडल घिमिरेको उप’चारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गर्ने भएकी छन् ।

उनले अस्पतालमै पुगेर मोडल घिमिरेलाई भेट पनि गरेकी छिन् । आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गर्ने भएकी हुन्। यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ ।

यस्तै अभिनेत्री द्व’य करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।निशाले फिल्म ‘मधे’शीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।