विदेशबाट नेपाल आउनेहरुका लागी आयो अत्यन्तै दुखद खबर, यसरी पर्ने भयो झन धेरै मर्का

जागृति खबर संवाददाता

काठमाडौं :

विदेशबाट फर्किदा दुईपटक पिसिआर ,पाँचतारे होटलमा १० दिन क्वारेन्टाइन , खर्च आफैँले तिर्नुपर्ने।विदेशबाट आउने नेपाली यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो ।

त्यस्तै यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोखेका हुन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।

ठूला व्यवसायीको लगानी रहेको विमानमाभरि यात्रु बोक्न दिने, बसमा यात्रु किन बोक्न नदिने ? भन्दै उनीहरुले गाडीमा पनि सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सवारीलाई रोक्दै विमान चलाएर महामारी नरोकिने बताए ।

‘हामीले सवारी बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार नै छौं,’ उनले भने, ‘तर, हामीले सवारी बन्द गरेर बस्दा विमान चलिरहेमा त्यसले कसरी महामारी रोकिन्छ ?’