कुवेतबाट एक महिलासहित ४ नेपालीको श व नेपाल पठाउदै

जागृति खबर संवाददाता

कुवेत ।

कुवेतबाट सिधा नेपाल उडान हुन नसक्दा कुवेतमा विभिन्न कारण ज्यान गुमाएका शवहरु कुवेतमै अलपत्र परेर बसेको बेला नेपाली दूतावास कुवेतले कतार ट्रान्जिट गराउँदै ४ ओटा श व पठाउने ब्यबस्था मिलाएको छ ।

एक महिलासहित ४ नेपालीको श व आइतबार (आज) कुवेतबाट पठाइँदैछ ।

कतार एयरवेजको उडानद्धारा मृतक मुना राई, सोमप्रसाद दाहाल, मेडी मुसलमान, र रामशरण मण्डलको श व एकै पटक भोलि अर्थात सोमबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण हुनेछ ।

पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका कारण जारी गरेको लकडाउनले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट आगमन नि षेध गरिएको छ ।

त्यस यता कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन् ।

उनिहरुले नेपाल सरकारमाथी अन्य विभिन्न देशबाट आगमन खुल्ला गर्न हुने कुवेतबाट किन खुल्ला नगरेको ? भन्ने प्रश्न समेत उठाउन थालेका छन् ।