ओली सरकारमा मधेसलाई मात्रै ५६ प्रतिशत हिस्सा

जागृति खबर संवाददाता

काठमाडौँ, २७ जेठ ।

प्रधानमन्त्री केपी ओलीले आफु नेतृत्वको चुनावी सरकारमा ब्यापक मात्रामा मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले कात्तिक -मंसिरमा चुनाव गर्ने मिति घोषणा गरिसकेका बेला दुई चरणमा गरेर आफनो क्याविनेटलाई ब्यापक मात्रामा हेरफेर गरेका हुन् ।

उनले आजैमात्र पनि साझ ७ क्याविनेट मन्त्री र एक राज्यमन्त्री थपेर आफनो मन्त्रिमण्डललाई पूर्णता दिँदैछन् । यसपटक उनले क्याविनेटमा मधेसलाई प्रतिनिधीत्व गर्नेगरी ठूलो हिस्सा सरकारमा समेटेका छन् ।

ओलीले २५ सदस्यइ मन्त्रिमण्डलमा मधेस अर्थात प्रदेश २ को मात्र्रै १४ जनालाई सरकारमा सहभागी गराएका छन् । आज थपिने २ सहित प्रदेश २ बाट १४ जना मन्त्री बन्न लागेका हुन् । यो कुल मन्त्रिमण्डलको संख्यामा ५६ प्रतिशत हिस्सा हो ।

जनता समाजवादी पार्टीका महन्थ, राजेन्द्र समुहका ११, एमालेका रघुविर महासेठ, लीलानाथ श्रेष्ठ र आज थपिन लागेकी पूर्व माओवादी धारकी ज्वालाकुमारी शाह सहित १४ मन्त्री मधेसवाटै सरकारमा सहभागिता हुन लागेको छ ।

अहिलेसम्मकै यो सम्भवत सवैभन्दा धेरै हिस्सा मधेसले सरकारमा प्रतिनिधित्व हुने अवसर पाएको हो । जसमध्ये ओलीले आफनो क्याविनेटमा विघटित प्रतिनिधीसभामा जम्मा २० सांसद पक्षमा रहेको महन्थ पक्षलाई ११ ओटा सिट दिएको हो । जसमध्ये ९ मन्त्री र दुई राज्यमन्त्री छन् ।
यो क्याविनेटको कुल ४४ प्रतिशत संख्या हो । मेरोन्यूज

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।