ओलीले ४ बजे मन्त्री परिषद् विस्तार गर्ने, ७ मन्त्री र एक राज्यमन्त्री थप हुने

जागृति खबर संवाददाता

काठमाडौँ, २७ जेठ ।

प्रधानमन्त्री केपी ओलीले आफनो सरकारमा आज थप मन्त्री थप्ने तयारी गरेका छन् । गृह, रक्षा, सूचना तथा प्रविधि सहितका ७ मन्त्रालय आफैसँग राखेर वसेका प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।

मन्त्रीमण्डल विस्तार पछि आजै नयाँ मन्त्रीहरुको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । दिउँसो ४ वजे राष्ट्रपति निवासमा मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम तय भएको वालुवाटार स्रोतले जनाएको छ । ७ मन्त्री र एक राज्यमन्त्री थपेर ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

आज ४ बजे शपथ ग्रहण गर्न लाग्नुभएका सात मन्त्री र एक राज्यमन्त्रीलाई अग्रिम शुभकामना । विभागकै जिम्मा नपाए पनि यसपटक कर्णालीले समेत क्याबिनेट देख्ने मौका पाएछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।