खाडिका यी देशमा उडान खोल्दै ,अब हप्ताको दुई दिन श्रम स्वीकृति दिने

जागृति खबर संवाददाता

काठमाडौं :

सरकारले पहिलो चरणमा भारत सहित चार देशमा हवाई अनुमती दिए संगै अब भने नेपाली कामदार धेरै रहेका मलेसिया सहित खाडिका अन्य देशमा हवाई अनुमती दिने तयारी गरेको छ ।

सरकारले कोरोना संक्रमण घट्दै गएको र लकडाउन समेत खुकुलो पार्ने नीति लिने बिचार गरिरहेको बेला बुधबार देखि बैदेशिक रोजगारका लागि श्रम गर्ने कार्यालय खुल्ला गरेको थियो भने बुधबार नै नयाँ सुचना निकालेर अब हप्ताको दुई दिन श्रम स्वीकृती दिने भनेको छ ।

बैदेशिक रोजगारका लागि जानेहरुका लागि श्रम स्वीकृति दिन दुई दिन कार्यालय खोल्ने निर्णय गरेको सरकारले अब चाडै नै खाडिका देशहरूमा अन्तर्राष्ट्रिय उडानको घोषणा गर्ने जानकारहरु बताउछन् ।

नागरिक उड्डयन प्राधिकरणको एक उच्च अधिकारीका अनुसार दुबै, मलेसिया र साउदी अरब लगायत देशमा नेपाली कामदारहरुले भोगेका दुखलाई मध्यनजर गर्दै नियमित उडान गर्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।

त्यसैले सरकारले हप्ताको दुई दिन श्रम स्वीकृति दिने काम समेत सुरु गरेको हुनाले अबको केही दिनमै नेपालीहरु रोजगारीको लागि गएका देशहरूमा हवाइ उडान पुनः सुचारु गर्ने गरि योजना बनेको बताएका छन् ।

यता नेपालमा पनि क्रमिक रुपमा कोरोना संक्रमणको दर घटिरहेको हुँदा रोजगारका लागि नेपाली गएका देशहरुमा हवाई उडान सुचारु गर्नसक्ने अनुमान गरिएको छ ।

दुबई , मलेसिया र साउदिमा नेपालीहर्ज नेपाल फर्कन नपाएर समस्यामा परेको समाचार बाहिरिए संगै सरकार ले यी देशमा हवाई उडान सुचारु गर्न लागिएको स्रोतले जनाएको छ ।

यस अघि भारत, चिन, कतार र टर्किमा नियमित उडान गर्ने घोषणा गरेको सरकारले अब भने युएई, ओमान, मलेसिया, साउदी अरेबिया लगायत ९ वटा देशमा पनि नियमित उडान गर्ने तयारी गरेको एक उच्च अधिकारीले बताए ।

उडानको अनुमती कहिले घोषणा गर्ने र उडानको मिति अझै तय नभए पनि स्रोतका अनुसार छिटोभन्दा छिटो सरकारले घोषणा गर्ने तयारी गरेको बताउछन् ।

नेपालमा दैनिक रुपमा कोरोना संक्रमण र मृत्यु कम हुँदै गएको बेला देशका अधिकाश जिल्ला लकडाउमा रहे पनि कोरोना नियन्त्रणमा आएको लक्षण संगै निकै फितलो भएको बेला सरकारले नेपाली कामदार रहेका देशमा नियमित उडान गर्ने योजना अगाडी सारेको बताइन्छ । कोरोनाको कारौडान रोकिदा कयौ देशमा नेपालि कामदारहरु अलपत्रमा परेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।