यौनकर्मि भन्दै भेदभाव गरियो: अभिनेत्री माहिका शर्मा

जागृति खबर संवाददाता

एजेन्सी ।

बलिउड अभिनेत्री माहिका शर्मालाई आउँदो चलचित्र ‘द मोर्डन कल्चर’ मा एडल्ट फिल्म स्टार डेनी डीसँगै देख्न पाइनेछ । माहिकाका अनुसार जब उहाँले डेनीसँग काम गर्ने फैसला गर्नुभयो । तब मानिसहरूले उहालाई यौनकर्मी सम्झिएर भेदभाव गर्न थालेका छन् ।

बुधबार अन्तर्राष्ट्रिय यौनकर्मी दिवसका दिन उहाँले यस विषयमा बोल्नुभएको हो, माहिकाले भन्नुभएको छ, ‘आफूलाई सही साबित गर्नुको साटो मैले एक यौनकर्मी कति दयनीय जिन्दगी बाँचिरहेकी होलिन् भन्ने सोंचे । अनि, उनीहरूको सहयोग गर्ने योजना बनाएँ ।’ माहिका पूर्वमिस टिन नर्थ इष्ट माहिकाले रामायण, एफआईआर, तू मेरे आगल बगललगायत टिभी शोमा अभिनय गरिसक्नुभएको छ । उहाँ विभिन्न च्यारिटी र एनजीओको हिस्सा गरिसक्नुभएको छ । उहाँले महिला र बालबालिकाको स्वास्थ तथा वेश्यावृत्ति समाप्त गर्ने उद्देश्यले यौनकर्मीको पुनर्वासका लागि काम गरिसक्नुभएको छ ।

माहिकाले अघि भन्नुभएको छ, ‘म वेश्यावृत्ति समाप्त गर्न चाहन्छु । जबकी हाम्रो देशमा पनि पोर्नमाथि प्रतिबन्ध लगाइएको छ, तर पनि यहाँ धेरै डिजिटल नेटवर्कहरूले स्थानीय अभिनेतालाई लिएर धेरै पार्न फिल्म बनाउँदै, रिलिज गर्ने गरेका छन् । यो दुःखलाग्दो विषय हो । हामीले कानुनी रूपमा यस्ता विषयमा ध्यान दिनुपर्छ ।