ट्र्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौं, २४ जेठ ।

गोरखाको पालुङटार नगरपालिका-९ बिर्दीबजार नजिकै भएको ट्र्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएकाे छ । धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको ज्यान गएकाे डीएसपी प्रकाश दाहालले बताउनुभयो ।

ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति पौने १० बजेतिर सडकबाट १० मिटर तल खस्दा उनको घटनास्थलमै ज्यान गएकाे उहाँले जानकारी दिनुभयो । खोप्लाङको मसानेठाँटीबाट बिर्दीतर्फ गइरहेको खाली ट्र्याक्टर दुर्घटना भएको हो ।

मृतकको शव घटनास्थलमै छ । उनका आफन्त धादिङबाट घटनास्थलमा आइपुगेका छन् । उनीहरुले ट्र्याक्टर धनीसँग घटनास्थलमै कुरा गरेपछि मात्रै शव उठाउने अडान लिएका छन् । ट्र्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको डीएसपी दाहालले जानकारी दिनुभयो ।

ससुराले सविताको शरिर छोएको भिडियो सार्बजनिक काण्ड यस्तो रैछ

तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृद्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अक्सिजन लगाएर बसेका छन् । उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी सविता भण्डारी मृत्यु घटना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ । बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ सविता भण्डारीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।

शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ? भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।

सविताले आफै मृत्युको निर्णय नलिएको, परिवारले उनलाई बाध्य पारेको भन्ने आरोप लगाउँदै सविताका माइती पक्षले घटना छानविनको माग राखेका छन् । यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर सविताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले नराम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।