भक्तपुरबाट खाना खाएर बाहिर निस्केकी महिला यस्तो अवस्थामा

जागृति खबर संवाददाता

काठमाडौँ, २३ जेठ ।

गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुको काभ्रेको नालाको जंगलमा झु ‘ण्डिएको अवस्थामा शव फेला परेको छ । घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् ।

घरमा कुनै समस्या र झ गडा भने नभइएको नभए पनि केही महिनादेखि डि ‘प्रेश’नको औ’षधि खा’इरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए । परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन । उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

त्यस्तै झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।