जापानमा उपचारका क्रममा विष्णुको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौँ, २३ जेठ ।

लामो समययता उच्चरक्तचापको विरामी भई औषधी सेवन गर्दै आउनु भएका पाण्डेको मस्तिस्कको शल्यक्रिया पश्चात शनिबार बिहान उपचारका क्रममा चिकित्सकले मृ’त घोषणा गरेका थिए ।

पाल्पा अर्घेलीका पाण्डे कुक भिसामा जापानको तोचिगी ओयामा शहरमा श्रीमती र छोरी सहित परिवारसंग बस्दै आउनु भएको थियो ।पाण्डेको दाहसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

साउदीबाट नेपाल फर्किन के गर्नुपर्छ ?

‘साउदीबाट अहिले नेपाल फर्किन मिल्छ? मिल्छ भने के–कसरी सकिन्छ?’ यो जिज्ञासा साउदीमा रहेका अधिकांश नेपालीको हो।

यही जिज्ञासा मेटाउन प्रवास खबरले सम्बन्धित निकायसँग हालै कुराकानी गरेको थियो।

दोस्रो लहरको कोभिड–१९ संक्रमणले महामारीको रुप लिएपछि नेपाल सरकारले २० बैशाखदेखि नियमित अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। जुन अहिले पनि जारी छ।

उडान रोकिदा विदेशमा फसेका नेपालीको समस्या बढ्दै गएपछि सरकारले हालै अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई केही खुकुलो बनाएको छ। अहिले सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान भइरहेका छन्।

मन्त्री परिषद्को सिफारिसमा नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडानको स्वीकृति दिएको हो।
नयाँ निणर्यअनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज तथा भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडानको अनुमति दिइएको छ।

यस्तै साउदीको हकमा तपाईहरूलाई जानकारी भएकै विषय हो, यहाँबाट काठमाडौंका लागि अहिले सिधा उडान छैन। तर, यसबीच नेपाल नगइ नहुनेको हकमा भने केही विकल्प छ। तर, यो निकै झन्झटिलो र खर्चिलो छ। यसमा समय पनि लामो हुने र उडानको लागि सिट पाइने सम्भावना पनि न्युन रहन्छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।