आज मन्त्रिपरिषद् विस्तारको हुने रामबहादुर थापा र महेश बस्नेत मन्त्री बन्दै

जागृति खबर संवाददाता

काठमाडौँ, २३ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादी सहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना छ ।

‘बिदा हुने साथीहरुले अब हामी पार्टी हाक्छौं भनेर बिदा हुनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले पाथिभरा न्युज डट कमसँग भन्यो, ‘त्यसो हुँदा नयाँ अनुहारहरु नै मन्त्री भएर आउनुहुन्छ ।

स्रोतका अनुसार पूर्व माओवादीको रामबहादुर थापा समूहबाट तीनजना सम्म मन्त्री हुने सम्भावना छ । त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ ।

त्यस मध्ये प्रदेश नं २ कि ज्वालाकुमारी साह मन्त्री हुने करिब निश्चित भएको बताइएको छ । एमालेबाट महेश बस्नेत र नारदमुनी राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा रहेको स्रोतको भनाइ छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादी सहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना छ ।