श्रीमती परपुरुषसँग लागेपछि यस्तो लेखेर बिदेशमै अस्ताए नरेश

जागृति खबर संवाददाता

काठमाडौ ।

नरेश राना वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनी वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । उनीसंग एक जना ब्यक्तिसंग विवाद भएको थियो । उनले मलेसियामा देह त्याग गरेका हुन् । उनले प्रकाश बस्नेतले आफुलाई यस्तो निर्णय गर्न बा ध्य पारेको भन्दै सामाजिक सञ्जालमा पनि लेखेका थिए ।यो सल्यानको घटना हो ।

२८ वर्षका नरेश रानालाई अर्का ब्यक्तिले नै देह त्याग गर्न बाध्य पारेको बताइएको छ । विदेशमा चिनिएका साथी प्रकाशसंग नरेशको श्रीमतीको पनि कुराकानी हुन थाल्छ । नरेशले देह त्याग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कुराकानी भइरहेको देखिन्छ । नरेश ३ वर्ष देखि मलेसियामा थिए । नरेशको श्रीमतीसंग कुराकानी पनि हुन्थेन ।

प्रकाश बस्नेत पनि सल्यानकै हुन् । नरेशको श्रीमतीको प्रकाशसंग कुराकानी हुन थालेको दुई वर्ष भएको बताएकी छन् । प्रकाश बस्नेतको श्रीमतीसंग नरेश नजिक भएको नरेशको श्रीमतीले बताएकी छन् । नरेशले आफुले विदेशमा कमाएको पैसा पनि प्रकाशकै श्रीमतीलाई पठाउने गरेको आफुले थाहा पाएको पनि बताएकी छन् ।

त्यसैको रि स फेर्न प्रकाश पनि नरेशको श्रीमतीसंग नजिकिएको उनको भनाई छ ।प्रकाशले आफुसंग विवाह गर्न द वाव दिएको पनि नरेशको श्रीमतीले बताएकी छन् । म संग विवाह गरिनस् भने तेरो श्रीमानलाई जे पनि गर्न सक्छु भनेर द वाव दिएको नरेशको श्रीमतीको भनाई छ । नरेश प्रकाशको श्रीमतीसंग लाग्नुभन्दा पहिला पनि अन्य युवतीहरुसंग पनि नजिकिएको उनको भनाई छ । नरेशले देहत्याग गर्नु अघि सामाजिक संजाल फेसबुकमा एउटा लामो स्टेट्स प्रकाश भन्ने एक युवकलाइ लेख्दै आफु यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।