पेय पदार्थको मूल्य बढ्यो

जागृति खबर संवाददाता

काठमाडौं, २१ जेठ ।

गर्मी बढ्न थालेसँगै चीसो पेय पदार्थको मूल्य बढेको छ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले आज शुक्रबारबाट चीसो पेय पदार्थको मुल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार साढे १ लिटरको कोक र फेन्टाको खुद्रा मूल्य प्रति बोतल १ सय ६० रुपैयाँ, कोक र फेन्टा १ केस अर्थात ६ बोतलको मूल्य ९ सय ६० रुपैयाँ, २ लिटर २५ मिलिटरको कोक, फेन्टा र स्प्राइटको मूल्य प्रति बोतल २ सय २५ रुपैयाँ र २ लिटर २५ मिलिलिटरको कोक, फेन्टा र स्प्राइट एक केस अर्थात् ६ बोतलको मूल्य १ हजार ३ सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।