राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

जागृति खबर संवाददाता

काठमाडौँ, १९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनपछि पहिलो पटक उनीहरूबीच भेट भएको हो । प्रतिनिधिसभा विघटनपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट परेको छ ।

पहिलो पटक ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदमविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै गत ११ फागुनमा सर्वोच्चले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गरेको थियो ।

फेरि ८ जेठको मध्यरातमा प्रधानमन्त्री ओलीले गरेको सिफारिसलाई राष्ट्रपतिले सदर गर्दै प्रतिनिसभा विघटन गरे गरिदिइन् । सो निर्णयविरुद्ध परेको रिट सर्वोच्चमा सुनुवाइका क्रममा छन् ।