रबि लामिछाने देखि बिनोद चौधरी सबैले उज्वलको निधन पछि यस्तो लेखे, देश नै रोयो थापालाई गुमाउदा

जागृति खबर संवाददाता

काठमाडौं, १८ जेठ ।

चर्चित पत्रकार रबी लामिछाने आफ्नो फेसबुकमा यसो लेख्छन।

असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्रद्धाञ्जली उज्वल जी। अन्ततः यो पुस्ताले एउटा होनहार नेता गुमायो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अवश्य झांगिने छ। परिवारजनमा यो पिडा सहन सक्ने शक्ति देउ भगवान

विश्वका धनी हरुको सुचिमा रहेका बिनोद चौधरी थापाको निधन पछि

विवेकशील पार्टी यस्तो लेख्छन। का संस्थापक संयोजक उज्ज्वल थापाको अल्पायुमै निधनको खबरले मर्माहत छु । समुन्नत राजनीतिक प्रणाली निर्माणका लागि उहाँले देखेको सपना चाँडै पूरा होस्, हार्दिक श्रद्धासुमन । शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् !

नेपाली कांग्रेसका युवा नेता गगन थापा यसो लेख्छन।

उज्वल थापा हामी बिच रहनुभएन।एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना!परिवारजनमा हार्दिक समवेदना!

चर्चित कमेडीयन मनोज गजुरेल थापाको निधन पछि आफ्नो फेसबुकमा यसो लेख्छन।
उज्वलजी
हजारौं कामना, लाखौं प्रार्थनाका बाबजुद भौतिक शरीर छोड्नु भयो । तर, तपाईंले नेपाली राजनितिमा सल्काएको ‘ईमानदारिता र त्याग’को दियो सधैं बलि रहनेछ ! हार्दिक श्रद्धाञ्जली