विवेकशील साझाका नेता उज्जवल थापाको निधन

जागृति खबर संवाददाता

काठमाडौं, १८ जेठ ।

विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका उनको आज मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।

थापाको हिजो नै कोरोना नेगेटिभ आएको थियो । तर, निमोनिया बढेर फोक्सोमा गम्भीर असर पुगेपछि निधन भएको बुझिएको छ । थापा शहरी जनसंख्या र युवामाझ लोकप्रीय थिए । उनी विवेकशील पार्टीका संस्थापक अध्यक्ष पनि हुन् ।

थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले मुटु,कलेजो,फोक्सोलगायत शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । याे एकदमै महङ्गो प्रविधि हो ।

देशको निम्ति आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्दै आउनुभएका युवा नेता उज्ज्वलप्रति हाम्रोसन्देश परिवारको तर्फबाट भावपूर्ण श्रध्दान्जलि,शोकाकूल परिवारजनमा हार्दिक समवेदना ।