घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

जागृति खबर संवाददाता

काठमाडौं, १४ जेठ ।

बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाले बढेको हो ।

बुधबार तोलाको ९३ हजार ५ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार २ सय रुपैयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

आजदेखि बैंकका सवारीसाधन बिहान र बेलुका मात्र चल्न पाउन

आजदेखि बैंकका सवारी साधन बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको बैंठकले निषेधाज्ञा एक हप्ता थप गर्दै आजदेखि लागू हुने गरी नयाँ नियम बनाएको हो ।

बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ। त्यसैगरी बीमा, सार्वजनिक संस्था सस्थान, अत्यावश्यक बाहेकका कार्यालय बन्द हुनेछन् ।