देउवा, प्रचण्ड र माधव नेपालले नै ओलीलाई बनाए ‘शक्तिशाली’

जागृति खबर संवाददाता

काठमाडौं, १२ जेठ ।

हरेक राजनीतिज्ञ पार्टी र देशको नेतृत्व लिन चाहन्छन् ।

पार्टी अध्यक्ष वा सभापति र प्रधानमन्त्री बनेर आफ्नो एजेण्डा लागू गर्ने हरेक राजनीतिज्ञको दृढ इच्छा हुन्छ । सत्तामा पुगेकालाई बाहिरिन जति गाह्रो हुन्छ, त्यो भन्दा बढी सम्भावित व्यक्तिलाई सत्ताको कुर्सीमा जाने पर्खाइ सकसपूर्ण हुन्छ ।

सत्ताको बागडोर सम्हाल्ने अवसर कहिले काहीँ आफ्नै गल्तीले पनि गुम्न सक्छ । मुलुक र जनताका लागि राम्रो काम नगरेको प्रधानमन्त्रीलाई हटाउने अवसरलाई पनि नेताहरुको कमजोरीले सदुपयोग गर्नबाट रोक्न सक्छ ।

डेढ वर्षदेखि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने सत्तारुढ नेकपा एमालेका माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भगीरथ प्रयास आफ्नै कारणले गुम्न पुगेको छ । प्रतिनिधि सभाको पुनर्स्थापना भए पनि माधव नेपाल, प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको त्रुटिका कारण संसदको अवसान हुन पुगेको छ । ओली सरकार झनै शक्तिशाली भएर बसेको छ ।

प्रधानमन्त्री ओली दूधले भने नुहाएका छैनन् । उनको पनि कमिकमजोरीहरु धेरै रहेका छन् । तर, डेढ वर्षदेखि ओलीलाई सत्ताच्यूत गर्न कम्मर कसेर लागेका माधव नेपाल र प्रचण्डले अवसर मात्रै गुमाएनन्, संघर्षले पुुनर्स्थापित भएको प्रतिनिधि सभा नै विघटन हुन पुग्यो ।

कोरोनाभाइरस संक्रमण महामारीका बेला जनतालाई बचाउनु पर्ने बेलामा मतदानका लागि लाइन लगाउने गरी चुनावको मिति घोषणा गरिएको छ । यस अवस्था निम्तिनुमा पनि प्रमुख दलका शीर्षनेताहरुकै कारण हो । अझ देउवा, प्रचण्ड र नेता नेपालको त्रुटिका कारण यो अवस्था सृजना भएको हो

कुन नेताको के त्रुटि ?