आखिर के कारणले गर्दा एकासी श्रृंखलाको आमालाई पदमुक्त गरियो

जागृति खबर संवाददाता

काठमाडौं, ९ जेठ ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा मनु खतिवडालाई एकाएक पदमुक्त गरिएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक उत्तिर्ण श्रृंखला खतिवडा मिस नेपाल हुन् । हेटौंडाकी उनका बुबा आमा नै सांसद थिए ।

बुबा बिरोध खतिवडा केन्द्रीय संसदमा छन् भने आमा मनु सिग्देल ३ नम्बर प्रदेशकी सांसद हुन् । प्रतिनिधि सभा विघटन भएपछि २६७ जना सांसदहरुको पद गएको छ । सबै निलम्बित भएका छन् । सांसद पद जानेमा विरोध खतिवडा पनि थिए । उनी मकवानपुरबाट नेकपा एमालेका निर्वाचित सांसद हुन् ।

खतिवडा पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी पिता हुन् । श्रृंखलाकी आमा मुनु सिग्देल पनि प्रदेश सभा सांसद हुन् । विरोध र मुनु दुवै माधवकुमार नेपाल पक्षधर हुन् । मुनुमाथि एमाले बागमती प्रदेशको संसदीय बोर्डले कारबाहीको तयारी गरेको छ । उनी १४ जना कारबाहीको सूचीमा रहेकामा परेकी छिन् । आजसम्म स्पष्टिकरण बुझाउने समय तोकिएको छ । तर, उनीहरुमाथि साँझ या भोलिसम्म कारबाही गरी सांसद पदबाट मुक्त गर्न पत्र लेख्ने तयारी भइसकेको छ ।