सोच्नै नसक्ने गरि एक्कासी ह्वात्तै घट्यो सुनको भाउ !

जागृति खबर संवाददाता

काठमाडौं, ८ जेठ ।

शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ ।बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो।

त्यस्तै आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८९ हजार ५ सय ५० रहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।