भ्याक्सिन उद्योगले विश्वलाई भ्याक्सिन दिन नसके के हुन्छ ?

जागृति खबर संवाददाता

काठमाडौं, ८ जेठ ।

मङ्गलबार मात्रै कोभिड–१९ का कारण भारतमा ४ हजार ५२९ जनाको निधन भयो । महामारी शुरू भएपछि कुनै देशमा एकै दिन मान्छेको निधन भएको यो हालसम्मको धेरै संख्या हो ।

यो सार्वजनिक भएको तथ्यांक हो, सार्वजनिक नभएको संख्या पनि जोडिने हो भने अझै बढ्न सक्नेछ । हालसम्म भारतमा २ करोड ५० लाखभन्दा बढी मानिस कोरोनाको संक्रमणमा परेको अभिलेख पाइन्छ ।

संकटको अनुपात हेर्दा भारतीय सरकारले धेरैभन्दा धेरै मानिसलाई भ्याक्सिन लगाई भविष्यमा आउनसक्ने भाइरसको अर्को लहर रोक्ने काम गर्नुपर्छ । यो आवश्यकता भारतको मात्रै होइन अन्य देशको पनि हो जो भारतमा बनेको भ्याक्सिनमा निर्भर छन् ।

यसले वैश्विक महामारीमा भ्याक्सिनेसनको प्रणालीगत तहमै समस्या रहेको देखाउँछ । विश्व नै भ्याक्सिनका लागि भारतमा बढी निर्भर भएको छ, यो निर्भरता कोरोना भाइरसको भ्याक्सिनका लागि मात्रै होइन ।

अहिलेकै अवस्थामा पनि विश्व नै भारतमा उत्पादित खोपमा निर्भर रहँदा समस्या निम्तिएको छ । भारत आफैँलाई उत्पादित खोपको धेरैभन्दा धेरै मात्रा आवश्यक भएको अवस्थामा अन्य देशले भारतबाट खोप पाउने सम्भावना कमजोर भएको छ ।

पोस्ट प्यान्डामिक नीतिका लागि ग्लोबल आयोगको तथ्यांकका आधारमा मेरो हिसाबमा अप्रिलसम्म विश्वभर उत्पादित एस्ट्राजिनिका भ्याक्सिनको ६५ प्रतिशत डोज भारतको सिरम इन्स्टिच्युटले मात्रै उत्पादन गरेको थियो ।

सीरम इन्स्टिच्युट विश्वभरकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो । यस इन्स्टिच्युटले यो वर्ष निर्धारित दुई बिलियन कोभ्याक्स भ्याक्सिनमध्ये एक बिलियन उत्पादन गर्ने अनुमान गरिएको थियो ।

अप्रिलको मध्यसम्ममा भारतले विश्वस्तरमा कोभिड–१९ को लगभग १७ प्रतिशत भ्याक्सिन उत्पादन गरेको छ । यो उत्पादन विश्वस्तरमा नै चौथो धेरै हो । सबैभन्दा धेरै भ्याक्सिन चीनले, ३६ प्रतिशत, उत्पादन गर्‍यो । अमेरिकाले २२ प्रतिशत र युरोपियन युनियनले १७ प्रतिशतभन्दा बढी भ्याक्सिन उत्पादन गरे । यो पोस्ट प्यान्डामिक नीतिका लागि ग्लोबल आयोगले सार्वजनिक गरेको तथ्यांक हो ।

जब कम आय भएका देशमा भ्याक्सिन आपूर्तिको प्रश्न आउँछ, त्यसमा भारतको भूमिका ठूलो रहेको देखिन्छ । अप्रिलको अन्त्यसम्म विश्वभर वितरण भएको भ्याक्सिनमा कोभ्याक्स भ्याक्सिनको हिस्सा करिब ५५ प्रतिशतको हाराहारीमा रहेको पाइन्छ ।

अति कम आय भएका ९२ देश र मध्यम आय भएका देश निकै नै प्रभावित भएका छन् । यसरी वितरण बन्द हुँदा जुनको अन्त्यसम्ममा १९० मिलियन डोज भ्याक्सिन वितरणमा कमी आउनेछ ।

अब यो विगतको कुरा भयो ।

अप्रिलको अन्त्यसम्म आइपुग्दा भारतले कोभिड–१९ भ्याक्सिन वितरणमा रोक लगायो । यसले गर्दा अति कम आय भएका ९२ देश र मध्यम आय भएका देश निकै नै प्रभावित भएका छन् । यसरी वितरण बन्द हुँदा जुनको अन्त्यसम्ममा १९० मिलियन डोज भ्याक्सिन वितरणमा कमी आउनेछ ।

अफ्गानिस्तान, बङ्गलादेश, कङ्गो, इथोपिया, घाना, केन्या, मोजाम्बिक, म्यानमार, नाइजेरिया, पाकिस्तान र युगान्डाले भारतमा निर्मित भ्याक्सिनको धेरै मात्रा यो वर्षको मध्यसम्म पाउनुपर्ने थियो । भ्याक्सिन यी देशमा अब कहिले आउँछ भन्ने कसैलाई थाहा छैन ।

अफ्रिकन युनियनले आफ्नो सदस्य देशलाई भ्याक्सिन प्रदान गर्न भारतको विकल्प खोजेका छन् । उनीहरूले जोनसन एन्ड जोनसन र रसियाको स्पुतनिक भ्याक्सिन आपूर्तिका विषयमा कुराकानी गरेका छन् । तर, यी भ्याक्सिन यो वर्षको पहिलो नौ महीनापछि मात्रै अफ्रिकी देशमा पुग्ने अनुमान गरिएको छ ।

भारतका दुई भ्याक्सिन उत्पादन कम्पनी सिरम इन्स्टिच्युट र भारत बायोटेक दुवैको उत्पादन मिलाएर अप्रिलमा लगभग ८० मिलियन खोप उत्पादन गर्न सक्छ । यसरी उत्पादित खोप भारत आफैँलाई पर्याप्त हुने देखिँदैन । यो विश्वस्तरमा भारतले उत्पादन गर्ने भनेर गरेको प्रतिबद्धतभन्दा थोरै हो ।

करिब १ अर्ब ३६ करोड जनसंख्या भएको भारतमा हालसम्म करिब तीन प्रतिशत जनतामात्रै खोपबाट लाभान्वित भएका छन् । धेरै युवाहरू खोप लिन योग्य भए पनि उनीहरूले हालसम्म लिन पाएका छैनन् ।

अमेरिकाले करिब ८० मिलियन खोप, कोरोना संक्रमित बढेका देशलाई वितरण गर्ने जनाएको छ । यसमध्ये केही खोप अति आवश्यक भएको देशमा जाने छ र केही भारतमा जाने अनुमान गर्न सकिन्छ ।

भारतका केही राज्यहरूले अन्तर्राष्ट्रिय स्तरबाटै खोप खरिद गर्ने प्रक्रिया अघि बढाएका छन् । केही हप्ताभित्रमा भारत विश्वकै प्रमुख खोप नियातकर्ताबाट आयतकर्तामा रूपान्तरण हुने भएको छ ।

यस्तो अवस्था आउन सक्ने आकलन पहिला नै एक हिसाबमा थियो अथवा आकलन नभएको भए पनि हुन आवश्यक थियो । उदाहरणका लागि : सन् २०१० बाट भारतका सिरम, बायोलजिकल इन्स्टिच्युट र पेनस बायोटेकले उत्पादन गरेको विभिन्न रोगको खोप निर्यात गर्दै आएको छ ।

भारतले उत्पादन गरेको खोप ज्यादै सस्तो मूल्यमा उपलब्ध हुने गरेको छ । पाँच प्रकारका रोग जस्तै डिप्थेरिया, टिटानस, खोकी, हिव र हेपाटाइटिस बी विरुद्ध आवश्यक पर्ने खोपको ७० प्रतिशत भारतमा उत्पादन हुने गरेको छ । भारतमा उत्पादित यी खोप गाबी अथवा युनिसेफका माध्यमबाट विश्वभरका गरिब देशमा जाने गरेको छ ।

धेरै मात्रामा खोप भारतमा नै किन उत्पादन हुन्छ ?

विश्वभर नै खोप उत्पादन गर्न सक्ने क्षमताका विषयमा गहिरो किसिमले अध्ययन गर्न आवश्यक हुन्छ । निश्चित समयमा पारदर्शी हिसाबले यसको अध्ययन हुनुपर्छ ।

यसका दुईवटा कारण छन् । एउटा त भारतको प्राविधिक क्षमता र अर्को उत्पादनमा लाग्ने कम लागत । यसरी प्राप्त गर्न सकिने फाइदा पूर्णतया छर्लङ्ग भएको यथार्थ हो । त्यसैले विश्वमा आवश्यक पर्ने खोप वितरण प्रणालीका विषयमा पुनः मूल्याङ्कन हुन आवश्यक छ ।

पहिलो त विश्वभर नै खोप उत्पादन गर्न सक्ने क्षमताका विषयमा गहिरो किसिमले अध्ययन गर्न आवश्यक हुन्छ । निश्चित समयमा पारदर्शी हिसाबले यसको अध्ययन हुनुपर्छ ।

यो देखिएको जस्तो सजिलो काम होइन । यसका लागि उत्पादन गर्ने क्षेत्रमा प्राप्त गर्न सकिने प्राविधिक उपकरणका विषयमा अध्ययन हुन आवश्यक हुन्छ । केही जानकारीहरू व्यावसायिक हिसाबले संवेदनशील हुनसक्ने हुँदा उत्पादकहरू यो विषयलाई सार्वजनिक नगर्ने इच्छा राख्न सक्छन् ।

यद्यपि, यो अप्ठेरो अवस्थामा मुक्ति भने पाउन सकिन्छ । स्वामित्व सम्बन्धी जानकारीको रक्षा गर्न विशेष उपाय अपनाउन सकिन्छ । जस्तै उत्पादन क्षमताको विषयमा पूर्ण जानकारी नदिई समग्र तथ्यांक सार्वजनिक गर्न सकिन्छ । यस्तो गर्दा उपकरण र आपूर्तिको स्रोतको विशिष्ट विन्यास प्रकट नगर्न सकिन्छ ।

दोस्रो, उत्पादन क्षेत्र धेरै र विकेन्द्रीकृत हुनुपर्छ ।

अहिलेकै अवस्थामा पनि विश्व नै भारतमा उत्पादित खोपमा निर्भर रहँदा समस्या निम्तिएको छ । भारत आफैँलाई उत्पादित खोपको धेरैभन्दा धेरै आवश्यकता भएको अवस्थामा अन्य देशले भारतबाट खोप पाउने सम्भावना कमजोर भएको छ ।

यस्तो अवस्था आगामी दिनमा आउन नदिन खोप उत्पादन गर्न कम जनसंख्या भएको देश छनोट गर्नुपर्छ । यसले गर्दा त्यो देशमा खोप सम्बन्धी केही समस्या आए पनि त्यही कारणले अन्य देश प्रभावित हुनु पर्ने छैन ।

यसरी खोप उत्पादनका लागि छनोट गरिने देश अन्य देशसँग राम्रो हिसाबमा जोडिएको हुन भने आवश्यक हुन्छ । जसले गर्दा कच्चा पदार्थ भित्र्याउने र उत्पादित समाग्री वितरण गर्ने सवालमा समस्या नआओस् । यसरी छनोट गरिने देशमा पूर्वाधारको राम्रो व्यवस्था हुनुका साथै खोप उत्पादनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति पनि भएको हुनुपर्छ ।

यी आधारमा सिङ्गापुर, लक्जम्बर्ग, बेल्जियम, पानामा, सेनेगल र रुवान्डा सम्भावित उपयुक्त देश हुनसक्छन् ।

खोप उत्पादनका लागि नयाँ स्थानको छनोट र त्यस देशलाई विश्वसँग जोड्ने प्रक्रिया अवश्य पनि खर्चिलो हुनेछ । यसले गर्दा खोपको मूल्य बढ्ने सम्भावना पनि रहन्छ । तर, यसरी बढ्ने मूल्यको तुलनामा भारत र अन्य देशले हाल खोपको अभावमा व्यहोर्नु परको नोक्सान ठूलो छ ।

(प्रशान्त यादव सेन्टर फर ग्लोबल डेब्लप्मेटका वरिष्ठ अधिकारी हुन् । उनी स्वास्थ्य सामग्री वितरण प्रणाली सम्बन्धी वैज्ञानिक हुन् । २० मे २०२१ मा द न्यूर्योक टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)