अन्ततः योगेशले माधव नेपालको साथ छोडे, आजबाट ओली क्याम्पमा

जागृति खबर संवाददाता

काठमाडौं, ८ जेठ ।

नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले अन्ततः माधव कुमार नेपालको साथ छोडेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा रहँदै आएका नेता भट्टराईले आज नेता नेपालले चालेको कदमलाई साथ दिएनन् ।नेपालसहित उनी पक्षधर २६ जना सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए ।

यसमा सांसद भट्टराईले भने हस्ताक्षर गरेनन् । यसअघि नेपाल पक्षमा २८ जना सांसद उभिएका थिए । उनीहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दिन संसद् बैठकमा अनुपस्थित् भएका थिए ।योगेश भन्छन् : सही गरें कि गलत, ईतिहासको कठोर मुल्याङ्कनमा खडा छुतर, प्रधानमन्त्री ओली धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भए । हिजोमात्रै प्रधानमन्त्रीको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म धारा ७६ को ५ अनुसार सरकार गठनको लागि आह्वान गरेकी थिईन् ।

सोहीअनुसार कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षक १४९ सांसदहरुको हस्ताक्षरसहित उनीहरु शितलनिवास पुगेका हुन् ।प्रधानमन्त्रीमा ओली र देउवाको मात्रै दाबी प्रस्तुत भएको छ । यता, नेपालको साथ छोडेको कुरा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत संकेत गरेका छन् । उनले आफूले एमालेको एकताको लागि नै आज देउवाको पक्षमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् ।र, आफ्नो राजनीति जीवनमा आजको दिन सबैभन्दा कठोर भएको भन्दै आफू ईतिहासको मूल्यांकनमा खडा भएको पनि उनको भनाई । यसअघि पहिलोपटक मन्त्री बन्दा योगेश संसदीय समितिको बैठकमा नेता नेपालबाट बधाई लिँदै गर्दा भावुक बनेका थिए । र, खुशीको आँशु झारेका थिए । उनी नेपालकै कोटाबाट मन्त्री बनेका थिए ।