माओवादी केन्द्रको बैठक : भोलि प्रधानमन्त्री ओलीलाई पत्र बुझाउने

जागृति खबर संवाददाता

काठमाडाैं,६ जेष्ठ ।

माओवादी केन्द्रले कोरोना रोकथाम र नियन्त्रणमा भइरहेका गल्ती कमजोरीका बारेमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले सरकार कोभिड(१९ नियन्त्रणमा चुकेको र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्ट्राचारमा लिप्त भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

त्यस्तै आजको बैठकले पार्टीको केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोरोना रोकथाम तथा नियन्त्रणमा अझै क्रियाशिल बनाउने निर्णय गरेको एक नेताले लोकपथलाई जानकारी दिए ।

स्रोतका अनुसार माओवादी केन्द्रले शुक्रवार (भोलि) सरकारलाई पत्र बुझाउन लागेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उचित काम गर्न नसकेको भन्दै त्यसको खारेजीको माग समेत गरेको छ । साथै नेपालमा कोरोनाको भ्याक्सिन ल्याउनका लागि कुटनीतिक पहल गर्ने समेत बताएको छ ।