कंगना रनौत १ हप्तामै कोरोना संक्रमणमुक्त भएपछि हंगामा

जागृति खबर संवाददाता

एजेन्सी, ५ जेठ ।

बलिउड अभिनेत्री कंगना रनौत कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् । संक्रमणमुक्त भएको जानकारी कंगना आफैले मंगलबार सामाजिक सञ्जाल इस्टाग्राममार्फत दिएकी हुन् ।

उनले इन्स्टाको स्टोरीमा एक पोस्ट गर्दै एक हप्तामा नै रिपोर्ट नेगेटिभ आएको बताएकी हुन् । तर, उनले यति छोटो समयमा कसरी संक्रमण जितिन् त्यसको बारेमा केही बताएकी भने थिइनन् ।

सामाजिक सञ्जालमा कोरोना नेगेटिभ आएको बताएपछि कंगनालाई संक्रमण निको भएको प्रमाण माग गरिएको थियो । प्रमाण माग गरेपछि उनले रिपोर्ट शेयर गर्दै आज इन्स्टामा लेखेकी छिन्, ‘यो सबै राक्षसको लागि हो, जसले मेरो रिपोर्ट माग गरेको थियो । जो जस्तो छ अरुलाई त्यस्तै देख्छ …उनीहरुको लागि यो रिपोर्ट …एक रामभक्त कहिल्यै पनि झुठो बोल्न सक्दैन् । श्री राम’

अभिनेत्री कंगनाले ८ मे मा आफु संक्रमित भएको जानकारी दिएकी थिइन् । १८ मे मा कोरोना भाइरस नेगेटिभ आएको इन्स्टामार्फत बताएकी हन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।