चार क्यामरा भएका रियलमी फोन, कतिपर्छ मूल्य? जानी राखनुहोस

जागृति खबर संवाददाता

चिनियाँ स्मार्टफोन कम्पनी रियलमी नेपाली बजारमा स्थापित हुन सफल भएको कम्पनी हो। आकर्षक डिजाइन र मूल्यको महत्व दिने ब्रान्ड भनेर रियलमीलाई चिनिन्छ।

रियलमीका १३ हजारदेखि ३३ हजारसम्मका फोन नेपाली बजारमा पाइन्छ। यदि तपाई मध्यम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ।

ग्राहकले मन पराएका चार फाेनकाे विशेषाताबारे यहाँ उल्लेख गरिएकाे छ। यी फाेनमा चार क्यामरा दिइएकाे छ।

रियलमी–५
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउँछन्। यसमा चार क्यामरा छ। जसमा १२ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा छ। सेल्फीको लागि ८ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ३ जिबी÷६४ जिबी र ४जिबी÷१२८ जिबी क्षमतामा किन्न पाउँछन्।

फोनको मूल्य क्रमशः २० हजार ९ सय ९० र २३ हजार ९ सय ९० रूपैयाँ छ।

रियलमी ५–आइ
यो ग्राहकले ६.५२ इन्च डिस्प्लेमा पाउँछन्। यसमा चार क्यामरा छ।

जसमा १२ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। सेल्फीको लागि १३ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी र्याम र ६४ जिबी क्षमतामा किन्न पाउँछन्।

फोनको मूल्य २० हजार ७ सय ९० रूपैयाँ तोकिएको छ।

रियलमी ६–आइ
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउँछन्। यसमा चार क्यामरा छ। जसमा ४८ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ।

सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ४ जिबी र्याम र १२८ जिबी क्षमतामा किन्न पाउँछन्।

फोनको मूल्य २५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।

रियलमी–६
यो ग्राहकले ६.५ इन्च डिस्प्लेमा पाउँछन्। यसमा चार क्यामरा जडान गरिएको छ। जसमा ६४ मेगापिक्सल वाइड, ८ अल्ट्रा वाइड, २ म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। सेल्फीको लागि १६ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ४३ सय एमएएच क्षमताको ब्याट्री दिएको छ। ग्राहकले यो स्मार्टफोन ८ जिबी र्याम र १२८ जिबी क्षमतामा किन्न पाउँछन्।

फोनको मूल्य ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।