भूकम्पले लमजुङमा कयाैं घर भत्किए, तीन घाइते

जागृति खबर संवाददाता

लमजुङ, ५ जेठ ।

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रेक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

भूकम्पको पराकम्पले ढुंगा माटोको केही घर चर्किएको छ भने स्थानियहरु घरबाहिर सडकमै निस्किएका थिए । केही सर्वसाधरण घाइते भएका थिए । थप विवरण आउन बाँकी छ ।

दाउन्नेमा रात्रीबस दुर्घटना, चार जनाकाे मृत्यु

नवलपरासी पश्चिमस्थित दाउन्नेकाे जंगलमा रात्रीबस दुर्घटनामा परेकाे छ। काठमाडाैंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको ज्यान गएको छ।

दुर्घटनामा घाइतेकाे उद्दार भइरहेकाे नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए। मृतककाे परिचय खुल्न सकेकाे छैन। निषेधाज्ञाका बीच काठमाडाैंबाट बस छुटेकाे थियाे।

काेराेना भाइरस संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि सहरबाट गाउँ जानेहरु बढेका छन्। यद्यपि सरकारले सार्वजनिक यातायात बन्द गरेकाे छ।