सुटुक्क माल्दिभ्स हानिएकी अभिनेत्री जाह्नवी कपूरलाई आइ पर्यो अर्को बिपत

जागृति खबर संवाददाता

काठमाडौँ ।

भारतमा कोरोनाको प्रकोप बढ्दै गएका बेला त्यसका प्रभाव सामान्य मानिसदेखि सेलीब्रेटीसम्म पर्न थालेको छ । चर्चित कलाकारहरु अक्षय कमाुर, क्याट्रिना कैफ, अमिताभको परिवार, अजुन कपुर, मलाईका अरोरा, लगायत दर्जनैँ कलाकारहरु संक्रमित बन्दा भारतीय कलाकारहरु पनि आक्रान्त बनेका छन् ।

यसैबिच बलिउड अभिनेत्री जाह्नवी कपूर पनि अहिले माल्दीभ्स पुगेकी छिन् ।
माल्दीभ्स पुगेर जाह्नवी कपूरले आफ्ना केही तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनी आफ्ना साथीहरुसंग माल्दीभ्स पुगे पनि सामाजिक संजालका प्रयोगकर्ताहरुले के प्रेमीलाई भेट्न त गएकी होइनन् भन्ने प्रश्न गरेका छन् । तस्विरमा उनी धेरै सुन्दर र आकर्षक देखिएकी छिन् ।

पछिल्ला केहि दिनमा बलिउडका कलाकारहरु माल्दीभ्स घुम्न पुगेका छन् । तीमध्ये दीया मिर्जा, बिपाशा बसु, करण सिंह ग्रोभर, शिल्पा शेट्टी, सारा अली खान, नेहा धुपिया, श्रद्धा कपूर आदिले मालदीप पुगेर आकर्षक तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् । पछिल्ला दिनमा कलाकार र सेलीब्रेटीहरु फे्र हुनका लागि माल्दिभ्स लगायतका देशमा जाने गरेका छन् ।