यस्तो छ पाठेघर बाहिर बच्चा बस्नुकाे कारण !

जागृति खबर संवाददाता

काठमाडौं।

गर्भ पाठेघरभित्र बसेको छ छैन भन्ने कुरा गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जानुपर्छ र बच्चाकाे समेत उनीहरुले परिक्षण गराउनु पर्दछ । कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि निकै खतरा हाे । समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ । पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ । धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ ।

यो अवस्था किन खतरनाक हुन्छ त ? यसबारे जान्नुहाेस्ः

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ । यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ ।

किन पाठेघर बाहिर बस्छ त बच्चा ?

पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएमा । . कपर टीको प्रयोग गरेको भएमा । . ट्युबको पहिला शल्यक्रिया भएमा . बाँझोपनको उपचारबाट गर्भ रहेमा ।

पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भएमा ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हुने भएकाले यसबारे निकै सचेत हुन आवश्यक हुन्छ । किनभने एउटा गर्भ रहँदा त्यहा आमा र बच्चा गरी दुई जीवनको सवाल हुन्छ । त्यसैले गर्भावस्थामा कम्तीमा ३ पटक (हरेक तीन महिनाको अन्तरालमा) चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

पेटमा कसरी जम्मा हुन्छ ग्यास ? बच्ने कसरी ?

धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ। यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले।तर ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।

भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर यादवले ग्यास्ट्रिक समस्याका पाँच कारण र बच्ने उपायका बारेमा बताएका छन् ।पेटमा राम्रा र नराम्रा ब्याक्टेरियाहरूको सन्तुलन बिग्रँदा ग्यास बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि यस्तो सन्तुलन बिग्रन्छ ।

लसुन, प्याज र दानादुनीले ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । त्यसैले यी कुराहरू नखानुस् ।उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुराहरू राम्ररी पच्न पाउँदैनन् र ग्यास बन्छ ।

पैंतालीस वर्षमाथिका मानिसले दही मात्र खानुस्, अरू कुनै दुग्धपदार्थ नलिनुस् ।

कब्जियतको समस्या हुँदा शरीरका विषाक्त पदार्थ राम्ररी बाहिर निस्कन पाउँदैनन् । त्यसले गर्दा पनि ग्यास बन्छ ।दिनभरिमा १० गिलास पानी पिउनुस् । फाइबर बढी भएको खानेकुरा खाने गर्नुस् ।

कुनै एन्टीबायोटिकहरूका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैनन् । यसले गर्दा पाचन खराब हुन्छ अनि ग्यास बन्छ ।एन्टीबायोटिक लिएपछि पाचनमा समस्या आएमा चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लेख्न भन्नुस्

कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्ररी पच्न पाउँदैन र ग्यास बन्ने समस्या आइलाग्छ ।खाना खाँदा आरामले चपाएर खानुस् अनि बिस्तारै पच्न दिनुस् । खाना खाँदा गफ नगर्नुस् । मैदाबाट बनेका कुरा, जंक फूड अनि बाहिरबाट तारेको खानेकुरा नखानुस् ।सन्तुलित आहार लिनुस् अनि दिनको आधी घन्टा व्यायाम गर्नुस्। एजेन्सी