बुढानिलकण्ठमा विपक्षीहरुको बैठक सकियो, के भयो छलफल ?

जागृति खबर संवाददाता

काठमाडौं ३१ वैशाख ।

विपक्षी दलहरको बैठक सकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर निवास दुढानिलकण्ठमा भएको छलफलमा कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

करिब सवा २ घण्टा चलेको छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड कांग्रेस नेताहरु सहभागी रहेका थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल उपस्थित थिए । जसपबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको बताइएको छ ।