रहेनन अभिनेत्री श्वेताका श्रीमान्

जागृति खबर संवाददाता

काठमाडौँ ।

अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको नि’धन भएको छ । सापकोटाको कोरोनाको कारण मंगलबार नि’धन भएको हो ।

सापकोटाको नि’धन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले नि’धन भएको खबर सुनेर स्तब्ध भएको छु ।

अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।

अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।

यो पनि पढ्नुहोस ! कोरोना वि’रुद्ध लड्न अमिताभ बच्चनको १५ करोड सहयोग

काठमाडौं– अभिनेता अमिताभ बच्चनले कोरोना महामारीवि’रुद्ध लड्न करिब १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

भारतमा कोरोना महामारी फैलिरहँदा यसको रोकथामका लागि अमिताभले कुनै भूमिका निर्वाह नगरेको भन्दै सोसल मिडियामा आलोचना हुन थालेपछि सोमबार राति उनले आफ्नो ब्लगमार्फत यो जानकारी गराएका हुन्।

‘कोरोनावि’रुद्धको यो लडाइँमा कैयौँ योगदान गरियो, गरिरहेको छु। तर मान्छेहरुलाई त्यो २ करोड रुपैयाँको बारेमा मात्र थाहा छ, जुन मैले दिल्लीको एक कोभिड केयर सेन्टरका लागि दिएको थिएँ।

मेरो योगदान करिब १५ करोड रुपैयाँ हुनेछ।’ सोमबार अमिताभले दिल्लीको गरु तेगबहादुर कोभिड केयर सेन्टरलाई दुई करोड रुपैयाँ सहयोग गरेको चर्चा छ।

अमिताभले आफ्नो ब्लगमार्फत आफ्नो परिवार गुमाएका दुई बच्चाको पालनको जिम्मेवारी लिने घोषणा गरेका छन्। अमिताभका अनुसार ती बच्चालाई हैदराबादको अनाथालयमा राखिनेछ र १० कक्षासम्मको सम्पूर्ण पढाइ खर्च उनले व्यहोर्नेछन्।

१० कक्षा पास गरेपछि बच्चा प्रतिभाशाली निस्केको खन्डमा उनीहरुको उच्च शिक्षाको जिम्मेवारी पनि आफैंले लिने उनले बताएका छन्। अमिताभले आफ्नो ब्लगमा आफूले गरेको च्यारिटीको लिस्ट पनि सार्वजनिक गरेका छन्।