कोरोनाबाट प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौँ, २९ वैशाख ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक संचालकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कम्पनका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण मंगलबार साँझ शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

कर्मचारी संचय कोषका पूर्व सहप्रशासकसमेत रहेका उनि गत असोज २० गते प्राइम लाइफको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए । काफ्ले गत वर्ष मात्रै संचय कोषको सेवाबाट निवृत्त भएका थिए । पछिल्लो समय नेपालमा संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।

संक्रमणको अवस्था अझै भयावह बन्ने देखिन्छ । यस अवधिमा बीमा कम्पनी, बैंक तथा संस्थाका कर्मचारीमा संक्रमण पुष्टि भैरहेको छ भने मृत्यु पनि भैरहेको छ ।

पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृ’त्यु

पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो।

श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए। उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन्।

श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए। सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए। तत्कालिन ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि काम गरेका थिए। जानकारहरुका अनुसार उनको दक्षता बैंकको जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा थियो।

श्रेष्ठका श्रीमती र एक छोरी छन्। तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन्।