स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति ,तुरन्तै हेर्नुहोस्

जागृति खबर संवाददाता

काठमाडौँ, २९ वैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जना भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शव व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

तर सो बमोजिम गर्न सम्भव नभएमा कोभिड १९ कार्यविधि अनुसार नेपाली सेनाले व्यवस्था गर्न भनेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृ’त्यु

पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो।

श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए। उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन्।

श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए। सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए। तत्कालिन ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि काम गरेका थिए। जानकारहरुका अनुसार उनको दक्षता बैंकको जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा थियो।

श्रेष्ठका श्रीमती र एक छोरी छन्। तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन्।