एकैदिन बढ्यो सुन, कति पुग्यो मूल्य ?

जागृति खबर संवाददाता

काठमाडौं, २४ बैशाख ।

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार १ सय रुपैयाँ बढेको हो ।

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर