बिहीबार सुनको मूल्य बढ्यो, चाँदी घट्यो

जागृति खबर संवाददाता

काठमाडौं, २३ बैशाख ।

नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा निर्धारण भएको छापावाला सुनको मूल्य आज ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुन ९० हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

सुनको मूल्यवृद्धि भए पनि चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य १ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको थियाे।