लकडाउन !

जागृति खबर संवाददाता

सोनी बर्तौला

प्रिया !
तिमी भन्छ्यौ- लकडाउनका कारण जीमखाना जान पाइनँ घरमै बस्यो खानबाहेक अरु काम छैन ह्वात्तै तौल बढ्यो कसरी घटाउने होला ?

म भन्छु-
लकडाउनका कारण कामधन्धा सब चौपट्टै भयो घरवेटीले कोठा छाड्न भन्नुभयो- कहाँ बस्ने ?रासन केही छैन- के खाने ?खान नपाएर तौल घटेको छ
रिंगटा लागेर उभिन पनि सक्दिनँ के गर्नेहोला ? कसो गर्नेहोला ?

भान्सामा पानीको थोपा छैन श्रीमती सुत्केरी छिन्ब हिनीको महिनावारी भएको छ झोलिलो खानेकुरा के पकाऊँ ? बाहिरको खानै डर छ के उनीहरूलाई सुख्खा तरकारी र रोटी दिऊँ ?