नायिका आँचल शर्मा,बिहेपछि झनै ‘बोल्ड’ बन्दै

जागृति खबर संवाददाता

काठमाडौ ।

नेपाली चर्चित लोकप्रिय नायिका हुन् आँचल शर्मा । उनको प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयो । उनले गतबर्ष डा। उदिप श्रेष्ठसँग बिहे गरेकी हुन् । उनको बिवाहले पनि निकै चर्चा पाएको थियो । विबाहमा हेलिकप्टर चढेर आएपछि त उनी झनै चर्चामा आइन् ।

उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धुमधामसँग विबाह गरिन् । आँचलले केहि पहिला एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियोले राम्रै चर्चा पायो । उक्त शो मा जाँदाको तस्बिर उनले यसअघि सामाजिक संजालमा समेत शेयर गरेकी थिइन् ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गर्दै आफ्नो ‘बोल्ड’ रुप दर्शकलाई देखाइरहेकी छन् र उनले केहिसमय अघि बिहे पछि बोल्ड कपडा वा जस्तो सुकै कपडा लगाउदा कोहि कसैले केहि भन्लान् भन्ने ड(र हुदैन समेत भनेकि थिइन् ।

त्यस्तै पछिल्लो समय पनि उनले समाजिक संजालमा बोल्ड लुकमा केहि तस्बिर शेयर गरेकी छिन् । जहाँ उनि मन्द मुस्कानमा निकै सुन्दर देखिएकी छन् । फ्यानहरूले पनि उनको सुन्दरताको तारिफ गरेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।