दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

जागृति खबर संवाददाता

काठमाडौं, १५ वैशाख ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ ।

नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो ।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रनमात्र बनाउन सक्यो ।

जितसँगै बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरले ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजयका साथ दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।