बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू

जागृति खबर संवाददाता

काठमाडौं, १३ वैशाख ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ ।

एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो । संयुक्त बैठकअघि तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी

काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ ।

आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको निर्णय गर्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन ।

यसअघि हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीसीएमसी) को बैठकले सरकारलाई लकडाउन गर्न सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पटमा बनेको सीसीएसीको ठहर छ ।

पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी सीसीएमसीले गरेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।