नेपालमा थप २८ कोरोना संक्रमितको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौं, १२ वैशाख ।

नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भने आज भएको हो ।

आइतबार थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ६४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७८ जनामा परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आइतबार ४५० जना कोरोनामुक्त भएका छन् ।

तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ जना घाईते

खोटाङ हलेसीतुवाचुङ नगरपालिका–१ कदुवा स्थित मध्ये पहाडी लोकमार्गमा आज बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालक सहित ३९ जना यात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाईते र १६ जना सामान्य घाईते भएका छन् ।

बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसी दुर्घटना हुँदा सो बसका सहचालक सिन्धुली घ्याङलेक गाउँपालिका १ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको छ ।

दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाईएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।