वीरगञ्जमा ७ वर्षीय वालिकालाई बलात्कार गर्ने एक युवक पक्राउ

जागृति खबर संवाददाता

काठमाडौं, ८ बैसाख ।

वीरगञ्जमा ७ वर्षीय वालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय प्रमोद सर्राफ रहेका छन् ।

उनले वालिकालाई १० रुपैयाँ दिएर फकाएर आफ्नै घरमा लगेर बलात्कार गरेको भन्दै अविभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीका अनुसार सोमबार घरमा कोही नभएको अवस्थामा आएर आफ्नै घरमा लगेर ती वालिकालाई युवकले बलात्कार गरेका थिए । पक्राउ परेका युवकका सम्बन्धमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

नेपाल समुहले भोली विहीबार पार्टी अध्यक्ष ओलीसमक्ष स्पष्टीकरण बुझाउने

नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल कुमार पक्षले विहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् ।आज बानेश्वरको बुद्धनगरमा बसेको नेपाल समुहको स्थायी कमिटिको बैठकले यस्तो निणयए गरेको हो । हिजो मैगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गर्नुभएको थियो ।

बुधबार बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले विहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । बैठकले पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्दै थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको बताउनुभयो ।