अरुको सेवामा खटेकी अनिशालाई लग्यो कोरोनाले, ३ महिनाकी छोरी बनिन् टुहुरी !

जागृति खबर संवाददाता

काठमाडौं, ७ बैसाख ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइ रसको महामारी बढ्दो छ । नेपालमा पछिल्लो समय दैनिक सयौंको संख्यामा संक्र मित थपिन थालेका छन् भने मृ त्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ । केही दिनयता मात्र हजारौँ संक्र मित थपिएका छन् । करिब एक साताको अवधिमा मात्र दर्जनौँले ज्या न गु मा उनु परेको छ ।

“स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्र मित हुने प्रक्षेपण गरेको छ ।

गतवर्ष लकडाउन हुँदा शुरुमा एक जना पनि संक्र मित भेटिएका थिएनन् । तैपनि विस्तारै संक्र मण बढ्दै गयो र एकैदिन दर्जनौंको संख्यामा मृ त्यु र हजारौँको संख्यामा संक्र मित हुने अवस्थासम्म पुग्यो । अहिले कोरोनाको दोस्रो लहर शुरु भैसक्दा न लकडाउन गरिएको छ न स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा ग म्भी रता देखिएको छ । त्यसैले यहि अवस्था रहिरहे भारतमा सल्केको कोरोनाको का लले नेपाललाई पनि खाने निश्चित छ।

ड रला ग्दो कुरा त,स्वास्थ्य मन्त्रालयले नै आगामी असारसम्ममा दैनिक ११ हजारसम्म संक्र मित हुने प्रक्षेपण गरेको छ । यसले खतराको घन्टीमात्र बजाएको छैन भयावह अवस्थाकोसमेत संकेत गरेको छ । यसपटकको नयाँ भेरियन्सबाट युवा र बालबालिका बढी प्रभा वित भएको मन्त्रालयले बताइसकेको छ ।

यहि उमेर समूहका मानिस बढी सक्रिय हुने र घर बाहिर निस्कने हुँदा पहिलेको तुलनामा संक्र मण छिटो बिस्तार हुने मन्त्रालयको भनाइ छ। आजमात्र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्र मण भेटिएको छ । संक्रमितमध्ये अधिकांशको अवस्था ग म्भीर रहेको बताइएको छ ।

आज कोरोनाकै कारण एक स्टाफ नर्सले ज्या न गु मा एकी छन् । भर्खरै बिहा गरेकी अनिशा ओली नाम गरेकी ती युवतीलाई कोरोनाले जीवनको पूर्वार्धमै लिएर गयो । उनकी भर्खर जन्मेकी छोरी टु हुरी भएकी छन् ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृ त्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए ।

उनका अनुसार छ दिनदेखि भेरी अस्पतालमा उपचार गराईरहेकी स्टाफ नर्सको मृ त्यु भएको हो । मृ तक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।

नारायणगढ-मुग्लिन खण्डको जलबीरे पुल तयार, २६५ मिटर दूरी छोटियो

कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाए ।

अत्याधिक सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित पूजा गर्न थालियो । मन्दिर बनेपछि यो ठाउँमा दुर्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेको छ । पुल बनेपछि घुम्ती सीधा मात्रै भएन, सडकसमेत २६५ मिटर छोटियो ।

गत वर्ष कोरोना संक्रमणबाट काम प्रभावित बनेको पुलको काम सकिएको छ । नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक-दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् ।

पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ ।

माडी अयोध्याका लागि भगवान राम-सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ । जलबीरेको घुम्तीमाथि चर्चित जलबीरे झरना पर्दछ । अहिले सवारी हिँड्ने ठाउँमा झरना जानेहरुका लागि पार्किङ वा वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।