सरकार लकडाउनको पक्षमा यस्तो छ तयारी : प्रधानमन्त्री

जागृति खबर संवाददाता

काठमाडौं, १ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन ।

नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका हुन ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन ।

सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको कुरा सत्य नभएको भन्दै उनले सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी तीब्र रुपमा फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको भन्दै जनताको सुरक्षाका लागि नेपाल सरकार पनि गम्भीर रहेको बताएका छन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।