प्यूठानमा जीप दुर्घटनामा परेर प्रशासकीय अधिकृतसहित ३ जनाको ज्यान गयो

जागृति खबर संवाददाता

प्युठान, १ वैशाख ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिएका छन । मृतकको सनाखत भइसकेको छैन ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सरकार लकडाउनको पक्षमा छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका हुन । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन ।

सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको कुरा सत्य नभएको भन्दै उनले सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी तीब्र रुपमा फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको भन्दै जनताको सुरक्षाका लागि नेपाल सरकार पनि गम्भीर रहेको बताएका छन ।