बिश्वास नेपालको फरक अभिनय साथ नयाँ गित “प्रेमयुद्द ” सार्वजनिक

जागृति खबर संवाददाता

काठमाडौं, १७ चैत ।

पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ । यसैबिच गायक बिश्वास नेपाल र गायिका रचना रिमालको नयाँ गित “प्रेमयुद्द ” सार्वजनिक भएको छ।

यस गितको भिडियोमा चर्चित कलाकार सुनिल क्षेत्री र लोसिना लामिछानेको साथमा बिश्वास नेपालको पनि अभिनय देख्न पाईन्छ । ‘प्रेमयुद्द ’ बोलको गीत अर्घादरबार फिल्म AD Films मार्फत सार्वजनिक भएको छ ।

यस गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन सुनिल क्षेत्रीले गरेका हुन् । उक्त गीतको भिडियोलाइ नबिन घर्ती मगरले सम्पादन गरेका छन् ।
गीतमा पछिल्लो समयका निकै ब्यस्त बिश्वास नेपालको संगीत संयोजन, शब्द हिराछबि श्रीषा , स्टुडियो राग , रेकर्डिङ्ग मनोज परियार, मिक्सिङ आशिस अविरल र पोस्ट प्रोडक्सन ए डी फिल्म्सको रहेको छ

हेर्नुहोस पुरा भिडियो