म्यानमारमा सैनिकको यो अमानवीयता भाइरल, मानवियता नै नभएका हुन् त म्यानमारी सेना ?

जागृति खबर संवाददाता

चैत्र,१५ म्यानमार ।

गत फेब्रुअरी १ मा गरिएको सैन्य कू पछि म्यानमारमा हिंसा भड्किएको छ । नागरिकहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । तर त्यहाँको सैनिक सरकार हिंसा कम गर्न भन्दा पनि भड्काउन उद्धत देखिन्छ ।

शनिवार प्रदर्शनकारीमाथि त्यहाँको सेनाले गरेको क्रुरता विश्वकै मानिसको रगत तात्ने खालको छ । नागरिकमाथिको सैनिक दमन झनझनै उग्र हुँदै गैरहेको छ ।
शनिबार एकैदिन म्यानमारमा सैनिक कूका विरुद्ध प्रदर्शनमा उत्रिएका ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । त्यसमध्ये शनिबारको एउटा भिडियो सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको छ ।

सिसिटिभिमा क्याप्चर भएको उक्त भिडियो सेनाले बिना कुनै कारण आफ्नै सुरमा मोटरसाइकलमा हिडिरहेका तीन युवाहरुलाई ताकेर गोलि हानेको दृश्य भिडियोमा देख्न सकिन्छ । गोलि लागेर मोटरसाइकल लडेपछि दुई युवा भाग्न सफल हुन्छन् भने एक जनालाई ४ जना पुलिसले गोलि लागेका व्यक्तिलाई उचालेर आफ्नो गाडीमा हालेको दृश्य देख्न सकिन्छ ।

शनिबार प्रदर्शनकारी माथि भएको दमनलाई लिएर म्यानमार सैनिक सरकारको विश्वले विरोध जनाएको छ । सार्वजनिक भिडियोलाई लिएर सर्वसाधारणले समेत सामाजिक सञ्जालमा म्यानमार सैनिकको अमानविय कार्यको विरोध जनाएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।