सुनको मूल्य तोलामा कतिले घट्यो

जागृति खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

हिजो प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।