मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका घरघरको धारामा

जागृति खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आइतबार(भोलि)देखि काठमाडौंका घर–घरका धारामा पुग्ने भएको छ ।

पानी वितरणको तयारी पूरा गर्न आयोजनाको टोली फिल्डमा काम गरिरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै प्रणालीबाट पानी वितरण गर्न लागिएको बताइएको छ ।

आइतबारबाट सुरु हुने परीक्षण वितरण कति समयका लागि भन्ने आयोजनाले विस्तृत रुपमा जानकारी दिएको छैन् ।

मेलम्चीबाट सुन्दरीजल आइपुगेको पानी ट्रिटमेन्ट प्लान्टमा पठाउने कामको शुक्रबार खानेपानी मन्त्री मणिचन्द्र थापाले शुभारम्भ गरेका थिए ।

प्रशोधन केन्द्रको निरीक्षणमा पूर्वमन्त्री बिना मगर सुन्दरीजल पुगेकी थिइन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।